सदनमा पेस गरिएको शिक्षा विधेयक परिमार्जन हुन्छ : कांग्रेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ असोज । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो।

संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले बताए। कांग्रेसले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार अपराह्न १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको लेखकले बताए।

सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसद्बाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्