अहिलेको संविधानले जनताको चाहना पुरा गर्न सक्दैन विप्लव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ६ । नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताउनुभएको हो । संविधानले परिवर्तन र बिकासको माग गरेको र जनताको प्रतिविम्बीत गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उहाले बताउनुभयो ।

कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उहाको भनाइ छ । उहाले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गर्नुभयो ।

विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्