हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैनः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनुभएको छ ।

एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनुभएको हो ।

उहाले हिंसा दिवस र शान्ति प्रक्रिया संगसंगै जाने बिषय नभएको जिकिर गर्नुभयो । उहाले सरकारले राजनीतिको अपराधिकरण र अपराधिको राजनीतिकरण गरिरहेको तर्क गर्नुभयो । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ती जनाउनुभयो ।

उहाले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्