संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले भोलि बुधवारदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।्

भोलि संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्