संविधान संशोधन गर्न हतार गर्नु हुँदैन : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन् ।

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पु¥याउनुपर्ने उनको भनाइ छ ।

दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उनले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताए ।

आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्