सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको छः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताउनुभएको छ ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन बिभागले आयोजना गरेको कार्यक्रममा ओलीले भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताउनुभएको हो ।

उहाले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको तर्क गर्नुभयो । ओलीले सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केहि पनि फेला पर्न नसकेको समेत बताउनुभयो । अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाउनुभयो ।

ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृतिम मूल्यबृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्