काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा विद्यार्थीहरुसंगको अन्तक्र्रियामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, बिकास लगाएतका हिसावले देश अन्त्यन्तै प्रतिकुल अवस्थामा रहेको बताउनुभएको हो ।
उहाले अव देशलाई सुध्रिने बाटोमा लैजानु जरुरी रहेकोले युवाहरुले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । ओलीले गठबन्धनका नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिदा पनि सरकार मौन रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै बिद्यार्थीहरुको प्रश्नको जवाफ दिदै ओलीले आफु अझै २० बर्ष सक्रिय रहने भन्दै आफु सक्रिय रहदा नै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिने धारणा राख्नुभयो । उहाले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक रहेकाले २० वर्ष देशलाई अघि बढाउन भूमिका खेल्ने जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले युवाहरुले देशमा हुने षडयन्त्रलाई समाप्त गर्दौ देशको भूगोलको रक्षा गर्नुपर्ने बताउनुभयो । आफुलाई अव्वल राजनीतिज्ञ भन्न नसकेपनि आफुले इमानका साथ राष्ट्र र जनताको पक्षमा काम गर्ने उहाको भनाइ छ ।
ओलीले जनताले आफुलाई जेलबाट छुटाएर बिभिन्न पद हुँदै प्रधानमन्त्री सम्म बनाएको भन्दै जनताप्रति अन्त्यन्तै आदरभाव राख्ने धारणा बताउनुभयो ।










