काठमाडौं, १५ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वभर फैलिरहेको हैजाको प्रकोपप्रति चिन्ता व्यक्त गरेको छ ।
सन् २०१७ देखि २०२१ को अवधिमा प्रत्येक वर्ष २० भन्दा बढी मुलुकमा हैजाको प्रकोप देखिएको सङ्गठनले जनाएको छ ।
सङ्गठनको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको बताउनुभयो ।
लामो समयदेखि घटिरहेको हैजाको सङ्क्रमण र मृत्युदर पुनः विश्वब्यापी रुपमा बढ्नु चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।