साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको छ – केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटिले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउनेहरुले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताउनुभएको हो । ओलीले सामाजिक सुप्रवन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरुको बिशेष महत्व रहेको बताउनुभयो । उहाले मुलुकको अवस्थामा परिवर्तन ल्याएपनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राख्नुभयो ।

ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरुमाथि कुटपिट गरेको र त्यसको समस्या समाधन गर्न आफु जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहरीने खतरा कायमै रहेको बताउनुभयो ।

उहाले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका उत्सव चाडपर्वहरुले आफ्ना खुट्टामा आफै उभिने प्रेरणा दिनुपर्ने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्