कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ भदौ । काेशी प्रदेशमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी गर्नुभएकाे छ ।

सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उहालाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्