आइतबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ भदौ । आउँदो आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित भएको जनाउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्