गोकर्णेश्वरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ६ मा गएराति साढे ११ बजे भएको दुर्घटनामा प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएकाे हो ।

बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२– ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका ५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको भएकाे छ  ।

यस्तै, दुर्घटनामा स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई , मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु घाइते हुनुभएको छ।

गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्