काठमाडौं,असोज १२
राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि सार्वसाधारणलाई दसैँंको टीका लगाइदिनुहुने भएको छ ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिलाई टिका लगाउनका लागि असोज १९ गते विजया दसमीको दिन १ घण्टाको समय छुट्याइएको छ । सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, सङ्घीय सांसद र संवैधानिक निकायका पदाधिकारीहरूलाई १९ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ ।