मेस्सीको गोलमा अर्जेन्टिनाको जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १२ असोज,वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।

बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।

खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे ।  ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाए । ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

यश अघि मेस्सी ५६औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्जेन्टिना कतार विश्वकपको तयारीमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्