देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको माओवादी अध्यक्ष प्रचण्डको भनाई

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताउनुभएको छ ।

शनिबार बुटवलमा सञ्चचारकर्मीसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गर्नुभयो । त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राख्नुभयो ।

उहाँले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्