मंसिर ४ को निर्वाचनका लागी भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

शनिबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाले समानुपातिक तर्फ एकपटक अवसर पाइसकेकालाई नदोहो¥याइने र न्यायोचित बितरण प्रणालीलाई ध्यान दिने बताउनुभयो । त्यस्तै बैठकले उम्मेदवार चयनको मापदण्ड पनि पारित गरेको छ , जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने गुरुङले बताउनुभयो ।

त्यस्तै बैठकले निर्वाचनका सम्बन्धमा बिशेष प्रस्ताव पारित गर्दै उम्मेदवारहरुको मनोनयन र बन्दसूचीको अन्तिम नर्णिय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ भने औपचारिक मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राखि युवा कार्यकर्ता केन्द्रीय निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई बहुमतमा पुराउन आवश्यक पनेए ६ प्रतिशत मत बृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ २ भोट थप्ने र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय गरेको प्रचार बिभाग प्रमुख गुरुङले बताउनुभयो ।

त्यस्तै बैठकले यसअघि सचिवालयले गरेका निर्वाचन घोषणा पत्र मस्यौदा कार्यदल गठन, केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, १२ बिभागहरुको सचिवहरुको मनोनयन र तीन बिभाग विस्तार लगाएतका निर्णयहरुलाई अनुमोदन गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्