कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न सक्दैन  :  नेता कोइराला

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् ।नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।

पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्