चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला

खबर बुक
  • ख-
  • ख+

सरकारले आजबाट चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला गरेको छ ।

दसैँंको पूर्णिमासम्मका लागि यात्रुहरू आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएको हो ।

यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।

दसैँका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट लाखौंको सङ्ख्यामा यात्रुहरू बाहिरिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताउनुभयो ।

यस्तै विभागले असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्