काठमाडौं, ९ साउन । कोशी प्रदेश सरकारको बैद्यानिकता माथी आजवाट सर्वोच्च अदालतको पुर्ण इजालासमा छलफल हुने भएको छ ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश गरेको हो। रिट सुनुवाईका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको छ।
गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ती गरे पछि असन्तुष्ट पक्ष सर्वाेच्च पुगेका थिए । संविधान बिपरित सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको बिरुद्धमा सो प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हाे ।
मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई बिपक्षी बनाएर दिएको मुद्धामा सोमवार सुनवाई हुदाँ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिए पछि आजबाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सो बिषयमा आजवाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।











