नेपाली बजारमा आज सुनको मूल्य घट्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,५ साउन । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्