चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे मृत्यु

खबर बुक
  • ख-
  • ख
  • ख+

चितवन,  ५ साउन ।  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु  भएकाे छ ।

रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीकाे गैँडाकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजाे निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्