कांग्रेस केन्द्रीय समिति बैठक अझै दुई दिन चल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म चल्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्ने बताउनुभयो । उहाँले केन्द्रीय समिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो ।

नेता पौडेलले बैठक शुक्रवार र आइतवार बस्ने बताउनुभयो । भाेलिकाे बैठक बिहान ११ बजे शुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्