‘विद्युतीय व्यापार विधेयक’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  ४ साउन ।  राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृत गरेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्