काठमाडौं, ३१ असार । मिटरब्याजसम्बन्धी विधेयक छलफलका लागि प्रतिनिधिसधामा पेस भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
उक्त विधेयकमा १४ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको छ ।











