कांग्रेस पदाधिकारी बैठक सोमबार दिउँसो २ बजे बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ असार । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ ।

सभापति देउवाले आफ्नै निवासमा सोमबार दिउँसो २ बजे छलफलका लागि पदाधिकारी बैठक बोलाउनुभएको हो ।

सोमबार पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी सभापति देउवाले गर्नुभएको छ ।

गत असार २७ मा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन गते २ सम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्