गोकर्णेश्वर नगरपालिका र मेडिकल कलेज बीच उपचार सम्झौता, यस्ता छन सम्झौताहरु 

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ असार ।  गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज बीच उपचार सम्झौता भएको छ । जनताको स्वास्थ्य सुधारमा हाम्रो पहल भन्ने नाराका साथ नगरवासिहरुको उपचारको लागि सम्झौता गरिएको गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले जानकारी दिनुभएको छ । सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनु पर्ने मेयर  रिसालले सामाजिक संजाल मार्फत जानकारी दिनुभएको छ ।
यस्ता छन सम्झौताहरु 
जेष्ठ नागरिकको हकमा 
> बिरामीले ३०% मात्र व्यहोर्नुपर्ने ।
> अस्पतालले कुल खर्चमा ४० % छुट गर्ने ।
श्रनगरपालिकाले ३० % अस्पताललाई उपलब्ध गराउने ।
( अस्पतालको साधारण शैयामा भर्ना भै उपचार गर्दा यो सेवा पाइनेछ तर EHS/cabin  सेवामा उपचार गरे यो सेवा उपलब्ध हुने छैन र बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ )
उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुने ।
जेष्ठ नागरिक बाहेकको नागरिकको हकमा 
> बिरामीले ५०% मात्र व्यहोर्नुपर्ने ।
> अस्पतालले कुल खर्चमा २५% छुट गर्ने ।
> नगरपालिकाले २५ % अस्पताललाई उपलब्ध गराउने ।
( अस्पतालको साधारण शैयामा भर्ना भै उपचार गर्दा यो सेवा पाइनेछ तर EHS/cabin सेवामा उपचार गरे यो सेवा उपलब्ध हुने छैन र बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ )
उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ ।
क्यान्सर रोगको उपचार सम्बन्धमा
> महिलाहरुको पाठेघर र स्तन क्यान्सरको शंकास्पद रोगीलाई जांच परिक्षण गरे बापत प्रति व्यक्ति अधिकतम १५ हजार उपलब्ध गराइने ।
आंङ खस्ने समस्याको उपचार सम्बन्धमा 
> महिलाहरुको आंग खस्के समस्या भै अपरेशन गर्नुपरेमा सोको लागि नाम सिफारिस भै आएका बिरामीहरुको अप्रेशन गरे बापत अस्पताललाई अधिकतम २५ हजार उपलब्ध गराउने ।
मोतिबिन्दु उपचार सम्बन्धमा
> बिरामीहरुको सम्पूर्ण जांच परिक्षण र अप्रेशन गरे बापत अस्पताललाई २० हजार उपलब्ध गराउने ।
नगरबासीलाई रगत आवश्यक परेमा गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा अस्पतालले ल्याबमा उपलब्ध रगत निशुल्क उपलब्ध गराउने र उक्त रगत चेक जांच गर्दा लाग्ने शुल्क नगरपालिकाले अस्पताललाई उपलब्ध गराउने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्