मन्त्रिपरिषद् द्धारा दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय गरेकाे छ ।

बैठकले सीता दाहालकाे  ‘निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।  लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्