काठमाडौं, २६ असार । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका २ को लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
हेलिकप्टर क्षतविक्षत भएको जनाइएको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् ।
सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।











