समाजवादी मोर्चाले बोलायो पहिलो बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ असार । चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ ।

मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्