उदयपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण

खबर बुक
  • ख-
  • ख+

उदयपुर, २२ असार । स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता—हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिएको छ ।

शुक्रवार जिल्लाको सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरेर उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित्ता जिल्ला घोषणा गरिएको हो । उदयपुरलाई पूर्ण खोप सुश्चित जिल्ला घोषणा गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दाशले उदयपुर १६ देखी ५ बर्ष मुनिका ११ हजार ९ सय ५७ जनाले खोप लगाएको र जिल्लामा ड्रपआउट भएका २ सय २२ जना, शुन्यडोज खोप भएका २९ बालबालिकालाई खोप लगाईएको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला समन्वय प्रमुख गौरबहादुर बिश्वकर्माले पूर्ण खोप जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिर्घकालिनरुपमा कायम राख्नु महत्वपूर्ण रहेको बताउनु भयो ।

उदयपुरमा यसअघि २०७४ साल माघ १६ गते सहिद दिवसका दिन पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको थियो भने प्रत्येक वर्ष सुनिश्चित्ता तथा दिगोपना जिल्ला घोषणा गरिदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्