काठमाडौं, २० असार । नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताउनुभएको छ ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताउनुभएको हो । उहाले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थीरतातर्फ लैजान नहुने उल्लेख गर्नुभयो ।
निर्वाचन भएको ८ महिनामा ८ बर्षमा हुने घटनाक्रमहरु भएको र सरकारले काम गर्न नपाएको भन्दै उहाले कांग्रेस सत्ता भन्दा पनि स्थीरतातर्फ केन्द्रीत भएको जिकिर गर्नुभयो ।











