सिट बाँडफाँटका लागि गठित समितिको बैठक ११ बजे बस्दै

खबर बुक
  • ख-
  • ख+

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट समितिको बैठक आजपनि बस्दैछ ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि हिजो दिनभर भएको छलफलमा भने सहमति हुन सकेको थिएन ।

दलहरूको आआफ्नै अडानका कारण गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति जुट्न समस्या भइरहेको छ । सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरूले आज फेरि बैठक बोलाएका हुन् ।

गठबन्धनका नेताहरूले प्रतिनिधि सभाअन्तर्गत देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन् ।

प्रदेश सभाका ३ सय ३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी पनि गरिएको छ । तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन ।

यस्तै, पहाडी क्षेत्रका केही सिटमा पनि दलहरूबीच सहमति हुन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्