कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय

खबर बुक
  • ख-
  • ख+

विराटनगर, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएकाे छ ।

उहाले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएकाे थियाे ।

प्रदेश प्रमुख कार्यालयको विज्ञप्ति

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्