काठमाडौं, १७ असार । प्रतिनिधिसभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।
आइतबार बसेको बैठकले विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि बैठकमा सांसदहरुले अर्थतन्त्रलाई अनुशासन र सन्तुलन राख्दै कम ऋण लिने स्थिति सृजना गर्न सुझाव दिएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा प्रकाशशरण महतले े ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको जानकारी गराउनुभयो











