कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि हट्दैनः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताउनुभएको हो । कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उहाको भनाइ छ ।

उहाले ललिता निवास प्रकरणका बिषयमा भने राम्रोसंग बुझ्न नपाएको तर्क गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्