एमालेको विरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध भएको छ ।

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै बजेटको बिषयमा आपत्ति जनाउदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तिले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०÷०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमान माथी बोल्न समय दिए लगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोष्टम अगाडि नारावाजी गर्न पुगेका थिए ।

एमाले सासंदहरुले संसदिय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नारावाजी गरेका थिए । प्रमुख प्रतिपक्षको नारावाजी पछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो ।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको बिषयमा आपत्ति जनाउदै बिरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिदा सम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढि परेकाले आफुहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्