काठमाडौं, १६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तन बिरुद्ध सल्वलाईरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रीत हुने बताउनुभएको हो ।
उहाले मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई संगसंग लिएर अघि बढ्ने धारणा राख्नुभयो । समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने उहाले बताउनुभयो । उहाले समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको धारणा राख्नुभयो ।
उहाले संविधानका बारेमा बिमति राख्नेहरुसंग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताउनुभयो ।











