संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुन्छः सभामुख

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमसंग आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पार्नुभयो । उहाले संसदलाई गरिमामय बनाउनका लागि पनि सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताउनुभयो ।

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्