विराटनगर, १४ असार । नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई अहिलेकै अवस्थामा विश्वासको मत दिने अवस्था नरहेको बताउनुभएकाे छ ।
मुख्यमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बिहीबार प्रदेशसभामा बोल्दै राईले एमालेले संविधान मिच्ने काम गरिरहेकाले समर्थन गर्न नसकिने बताउनुभयाे ।
उहाले अहिलेको अवस्थामा मुख्यमन्त्रीले नै विश्वासको मत पाउने वातावरण नबनाएको बताउनुभयाे ।











