लुम्बिनीमा मन्त्रालयको नाम परिवर्तन, अब गृह र अर्थ मन्त्रालय हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असार । लुम्बिनीमा दुई मन्त्रालयको नाम परिबर्तन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।

बुधवार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो ।

जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाईएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्