काठमाडाैं, १२ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको बैधता समाप्त भएको बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले सरकारका अर्थमन्त्रीले रोष्टममा उभिएर जिल्ला निर्वाचन कार्यालयका बजेट त्रुटिपूर्ण भयो भनेर संशोधन गरेको भन्दै राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको बैधता समाप्त भएको बताउनुभएको हो ।
उहाले सरकार सधै बहुमतमा हुने हुदा बजेट जस्ताको तस्तै पारित गर्ने सामथ्र्य राख्नुपर्ने भन्दै बजेटमाथि संशोधन भएपछि संवैधानिक हिसावले पनि सरकारको बैधता नहुने जिकिर गर्नुभयो ।
सरकारले आफुलाई नैतिक र राजनीतिक हिसावमा प्रस्तुत गर्न चाहन्छ भने सकारको बैधता समाप्त भएको स्वीकार गर्नुपर्ने उहाको भनाइ छ ।











