काठमाडाैं, १२ असार । नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताउनुभएको हो ।
उहाले पशुपतिनाथ मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दू धर्मावलम्बीको भावनामा चोट पुगेको उल्लेख गर्नुभयो । त्यस्तै उहाले जलहरिमा १३ जनाको नाम कुदँेको भन्दै आपत्ति जनाउनुभयो ।











