सिंगापुरवाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, १२ असार । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी राणा सिंगापुरवाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने । श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् ।

एक बर्ष अघि अर्थात गत भदाैंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी साेमवार जापान गएकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्