भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ६

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन भएको छ ।

बिहीबार काठमाडौंमा प्रधानमन्त्री शेर बहादुर देउवा लगाएत भूतपूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईले ‘मेरा ९ दशकः पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ शीर्षकको पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको राजनीतिमा स्वर्गीय थापाले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो । उहाले नेपालको राजनीतिक इतिहास बुझ्न उक्त आत्मकथा महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले थापाले पछिल्लो समय हरेक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गर्ने गरेको बताउनुभयो । उहाले पछिल्लो चरणमा उहाँ अभिभावक बनेर प्रस्तुत हुनुभएको स्मरण गर्नुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको राजनीतिमा थापाले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो भने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले थापाको आत्मकथाबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीति प्रति थापाको प्रतिवद्धता सवैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्