आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ५ असोज,बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्स अफिसमा पूर्ण रूपमा असफल भइसकेको छ । हालैमात्र आमिरका भाई फैजलले यो फिल्म हेरेका थिए । उनले कमजोर फिल्मको संज्ञा दिएका छन् ।

‘मैले लाल सिंह चढ्ढा रिलिजलगत्तै हेरिनँ । यद्यपि केही दिनपछि मात्र फिल्म हेरें । मलाई फिल्मको केही कुरा मात्र राम्रो लाग्यो । तर यसलाई उत्कृष्ट फिल्म भन्नु गलत हो । आमिर चार वर्षपछि फिल्ममा फर्कदै थिए ।

उनले राम्रो स्क्रिप्ट छान्नु पथ्र्यो । दर्शकहरू आमिरको राम्रो फिल्मको अपेक्षा गर्छन् । तर यो फिल्म आहा भन्नलायक थिएन’, उनले भनेका छन् ।

सन् २००८ मा फैजलले आमिर र उनको परिवारमाथि आरोप लगाएका थिए । उनले आमिर र परिवारले आफूलाई बन्दी बनाएको आरोप लगाएका थिए । उनले आफूलाई आमिरले घरमै बन्दी बनाएर लागुऔषध दिने प्रयास गरेको दाबी गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्