सानिमा माई हाइड्रोपावरले बुक क्लोज गर्दै

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ५ असोज,सानिमा माई हाइड्रोपावरले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि १२ असोजकमा बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा ११ असोजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । यसले लाभांश पारित गर्न २ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ ।

सानिमा माईले यसपटक सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्