आज विश्व शान्ति दिवस मनाइँदै

खबर बुक
  • ख-
  • ख+

‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नाराका साथ आज विश्व शान्ति दिवस, विश्वभर मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि सेप्टेम्बर २१ मा यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा भने २०६५ सालदेखि मात्रै यो दिवस मनाउन थालिएको छ । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्