गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ असोज

 काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा म‌ंगलबार पाँच सदस्यीय समिति गठन भएको हो । समितिमा ५ जना छन् ।

सोमबार साँझ घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मोहम्मदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्