भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

नयाँ दिल्ली, २५ वैशाख । भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।

हनुमानगढका एसपी सुधीर चौधरीका अअनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् ।

घाइते तीनजनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्