काठमाडौं, बैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नूभएको हो ।
तीनै जना कांग्रेसबाट मन्त्री बन्नु भएको हो । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन ।
यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।











